इटहरी : नेपाल प्रेस युनियन सुनसरीको आठौं जिल्ला अधिवेशनले सर्वसम्मतरुपमा नयाँ नेतृत्व चयन गरेको छ ।
सुनसरीको इटहरीमा सम्पन्न आठौं जिल्ला अधिवेशनले धनवहादुर पुरी र पवन अधिकारी आलोपालो अध्यक्ष बन्ने गरी नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । चार बर्षे कार्यकालको पहिलो एक वर्ष पुरी र त्यसपछि तीन बर्ष अधिकारी अध्यक्ष रहने गरी नयाँ नेतृत्व चयन भएको हो । नयाँ कार्य समितिका लागि उपाध्यक्षमा सञ्जीव वाग्ले, महिला उपाध्यक्षमा रञ्जना पौडेल, सचिव निशान चौधरी, सहसचिव सुप्रिया राई र उषाकिरण घिमिरे, कोषाध्यक्षमा मिकाल आलम चयन भएका हुन् ।


त्यसैगरी सदस्यहरुमा विवेक विवश रेग्मी, जीवन फुयाल, सम्राट थापा, जितेन्द्र शाह, नविन पाण्डे, वीरेन्द्र साह चयन भएका छन् । महिला सदस्यहरुमा कृष्णकला राई, सुस्मिता राई र सपना राई, आदिवासी जनजाति सदस्यमा श्वेता सरदार, अल्पसंख्यकमा निश्चल शर्मा चयन भएका छन् । अधिवेशनले केन्द्रीय पार्षदमा सचिन पोखरेल, कृष्ण भट्टराई जुनेली, दिपक कार्की, दिवस पोखरेल, गोविन्द घिमिरे, अमर खड्कालगायत २५ जना सर्वसम्वत छनौट गरेको छ । अधिवेशनले प्रदेश पार्षदहरु पनि समेत सर्वसम्वत चयन गरेको छ । युनियनको अधिवेशनको उद्घाटन सत्र बिहिबार भएपनि बन्दसत्रमा सदस्यताको बिषयले विवाद भएर स्थगित भएको थियो । उक्त बन्दसत्रले आइतबार निरन्तरता पाउदै सर्वसम्मत नेतृत्व चयन गरेको हो ।