धरान: धरानस्थित होण्डा शोरुम देव ट्रेडर्सले नयाँ मोटरसाइकल र स्कुटरको लञ्च गरेको छ ।

शनिबार साँझ धरान ८ स्थित होटल कञ्चजंघामा दशैंतिहार शुभकामना कार्यक्रमसहित ट्रेडर्सले नयाँ मोटरसाइकल र स्कुटर पनि सार्वजनिक गरेको हो । कार्यक्रममा १२५ सि.सि.को ग्राजिया स्कुटर र १६० सिसिको एक्स ब्लेड नयाँ मोटरसाइकल सार्वजनिक गरिएको हो । धरानका अग्रज पत्रकार किसोरकुमार कार्की, पत्रकार महासंघको उपाध्यक्ष सन्तोष काफ्ले, जनकऋर्षि राई, देव ट्रेडर्सका प्रोपाइटर देव कुँवरलगायतले नयाँ स्कुटर र मोटरसाइकल सार्वजनिक गरेका थिए । यसैगरि, सोही कार्यक्रममा डियो स्कुटर र हर्नेट मोटरसाइकलको नयाँ भर्सन पनि सार्वजनिक गरिएको थियो ।

IMG_6748 copy

नयाँ ग्राजिया स्कुटर स्पोर्टस कन्सेप्टमा तयार पारिएको र एलइडि हेड ल्याम्प लाइट प्रयोग गरिएको प्रोपाइटर कुँवरले जानकारी दिए । यस्तै, फ्रन्ट मोवाइल चार्जिङ, फिन्गर चोक सिस्टम, टेलिस्कोपिक सकअप, डिस्क ब्रेकसहित एलो ह्विल स्पोर्टी ग्राब रेल यसको बिषेशता भएको पनि ट्रेडर्सले जनाएको छ । यसको मुल्य २ लाख ८ हजार ९ सय र २ लाख २४ हजार ९ सय रहेको छ ।
यसैगरी, नयाँ एक्स ब्लेड रोबो फेस एलइडी हेडट लाइट प्रयोग गर्ने पहिलो मोटरसाइकल भएको पनि ट्रेडर्सको भनाई छ । लामो समयसम्म टिक्ने र नोइजलेस सिल चेन, स्पोर्टी आवाज दिने डुअल आउटलेट साइलेन्सर, फराकिलो टायरलगायत बिशेषता रहेको पनि कुँवरले जानकारी दिए । यो मोटरसाइकलको मुल्य २ लाख ८५ हजार ९ सय रुपैया रहेको छ । कार्यक्रममा प्रोपाइटर कुँवर, प्रमुख अतिथि एवं पत्रकार कार्की, नेपाल मोटरसाइकल मेकानिकल संघका अध्यक्ष घनेन्द्र लावती, स्याकर ट्रेडिङका प्रदेश प्रमुख सन्तोष थापालगायतले मन्तव्य राखेका थिए ।

IMG_6751 copy