आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ३– १ गोलअन्तरले पराजित गर्न सफल भएको हो । चेल्सीको जितमा अल्भारो मोरटाले दुई गोल गर्दा पेड्रोले एक गोल गर्न सफल भए । क्रिष्टल प्यालेसका लागि भने एन्ड्रोस टाउनसेन्डले गोल गरेका थिए । खेलको ३२ औं मिनेटमा मोरटाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १–० गोलअन्तरले अघि रहेको चेल्सीले दोस्रो हाफमा थप २ गोल गर्दा क्रिष्टल प्यालेसले पनि १ गोल गर्न सफल भयो ।

खेलको ५३औं मिनेटमा क्रिष्टल प्यालेसका लागि एन्ड्रोसले गोल गर्दै बराबरीमा पुर्‍याएका थिए । तर खेलको ६५औं मिनेटमा नै मोरटाले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई २–१ गोलको अग्रता दिलाए ।खेलको ७० औं मिनेटमा पेड्रोले गोल गरेपछि चेल्सी ३–१ गोलले अघि रहेको थियो । बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल चेल्सीले जितेको हो ।

onlinekhabar बाट साभार गरिएको