पथरी : मोरङ्गको पथरीशनिश्चरे ३ मा रहेका विरेन्द्रनगर वचत तथा ऋण सहकारी संस्थाले सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
पथरीशनिश्चरे ३ विरेन्द्रनगरमा भएको सो रक्तदान नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्रविधिक सहयोगमा भएको थियो । बढ्दो रगतको मागलाई ध्यानमा राखेर संस्थाले बर्षेनी रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस पटक ४१ पिन्ट रगत संकलन गरिएको सस्थाका कार्यसमिति सदस्य हेमन्त ओझाले जानकारी दिए ।