ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “ मुआब्जाका लागि स्थानीय आन्दोलित” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।

भद्रपुर : सडक विस्तारको नाममा जग्गाधनीलाई जानकारी नदिई नै जग्गा कटान गरे पनि मुआब्जा नदिने भएपछि स्थानीय आन्दोलित बनेका छन् । झापाको भद्रपुर–५ स्थित बकुप्रतिक्षित मेची पुल जोड्ने पुरानो माछा हटियादेखि झापाचोकसम्मको सडक खण्डलाई हुलाकी राजमार्गसँग जोड्दा उक्त क्षेत्रमा पर्ने जमिनको मुआब्जा नदिने भएपछि स्थानीय सङ्घर्ष समितिले पत्रकार सम्मेलन गर्दै मुआब्ज नदिए सरकारविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “तत्काल मन्त्रीमण्डल पुर्नगठन हुँदैन : अध्यक्ष प्रचण्ड” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल मन्त्रीमण्ड पुनगर्ठन नहुने बताएका छन् । विराटनगर विमानीथलमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले तत्काल मन्त्रीपरिषद हेरफेर नहुने तर सरकारको कामको गति भने बढ्ने बताएका छन् ।


मर्निङ् टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ् टाइम्स दैनिकले “तिहारमा व्याण्डहरुलाई भ्याई नभ्याई” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । 

तिहारको रमाइलोमा सबै भन्दा बढी भूमिका गीत र संगीतले खेल्दै आएको छ । टोल टोलका संस्था, युवाहरुका समुह देखि स्कुलहरु सम्मले खेल्ने देउसीमा संगीत र नृत्यको भूमिका हुन्छ । मादल बोकेर भट्याउनेको लयमा खेलिने देउसीको भिन्दै कुरा , धरानमा काग तिहार संगै तिहारको चहल पहलले तिब्र रुप लिएको छ ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “कार्यकर्ता भेटघाटमा व्यस्त सांसद राई ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।

धरान : सुनसरी क्षेत्र नं. १ बाट संघिय संसदमा निर्वाचित सांसद जयकुमार राई अहिले आफ्नो क्षेत्रमा कार्यकर्ता भेटघाट तथा दशै तिहार शुभकामना आदान प्रदान कार्यक्रममा व्यस्त रहेका छन् ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने  उद्घोष दैनिकले “समृद्धि र विकासको अवधारणा तयार” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।

प्रदेश नम्बर १ को समृद्धि र विकासको लागि कांग्रेस नेतृ डा डिला संग्रौलाको नेतृत्वमा अवधारणा पत्र तयार पारिएको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम सांसद डा डिला संग्रौलाको नेतृत्वमा जनताको समृद्धि चाहानाबारे प्रदेश १ को १४ वटै जिल्लाहरुमा व्यापक छलफल र अन्तरक्रिया गरी प्राप्त भएको सुझावको आधारमा अवधारणा पत्र तयार पारेको हो ।


विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “१२ वर्षपछि पक्राउ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । 

कुटपिट अंगभंगका फरार अभियुक्तलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका १ निवासी ४२ वर्षीय सन्तबहादुर लिम्बू रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पुनरावेदन अदालत इलामले २०६३ पुस ११ गते गरेको फैसला आदेशअनुसार लिम्बूलाई कुटपिट अंगभंग मुद्दामा एक वर्ष चार महिना कैद सजायसहित एक हजार ६६६ रुपैयाँ ६७ पैसा जरिवाना तोकेको थियो । अदालतको फैसलाअनुसार कैद भुक्तान नगरी लिम्बू फरार भएपछि उनलाई आइतबार पक्राउ गरिएको हो ।