इटहरी : एकीकृत मार्सल आर्टस तोङ इल मोदोको विश्वकपमा स्वर्ण पदक विजेता इटहरीकी खेलाडी पुजा चौधरीलाई इटहरी उपमहानगरले सम्मान गरेको छ ।

खेलाडी चौधरीलाई नगद २५ हजारसहित उपमहानगरपालिकाले सम्मान गरेको हो । इटहरीका मेयर द्वारिकलाल चौधरीले उपमहानगर परिसरभित्रै खेलाडीलाई सम्मान गरेका हुन् । इटहरी उपमहानगर र तोङ इल मोदो संघ इटहरीले संयुक्त रुपमा कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । खेलाडी चौधरी ५ निवासी हुन् ।

चौधरीले भारतमा हालै सम्पन्न तोङ इल मोदोको विश्वकपमा स्वर्ण पदक प्राप्त गरेकी थिइन् । प्रतियोगितामा नेपालले ६ स्वर्ण, ३ रजत र ७ काँस्य पदक जितेको थियो । सम्मान कार्यक्रममा बोल्दै मेयर चौधरीले खेलाडी चौधरी इटहरीको मात्र नभएर सिंगो नेपालकै गहना रहेको बताएण् । उनले खेलमार्फत बिश्वमा नेपाल र इटहरीलाई चिनाउने काम गरेको समेत बताए ।