इटहरी : प्रदेश १ को प्रमुख शहरमा विकास हुदै गएको इटहरीलाई यसै बर्षदेखि स्पोर्ट्स सिटी बनाउने घोषणा गरिएको छ ।

इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले व्यापारिक, शैक्षिक, आवासिय हब बन्दै गएको इटहरीलाई स्पोर्ट्स सिटी पनि बनाउने घोषणा गरेका हुन् । एकिकृत मार्सल आर्टस तोङ इल मोदोको विश्वकपमा स्वर्ण पदक जित्न सफल खेलाडी पुजा चौधरीको सम्मानमा आयोजित कायर्यक्रममा मेयर चौधरीले यस्तो घोषणा गरेका हुन् ।

मेयर चौधरीले अबको कार्यपालिका बैठकबाट नै इटहरीलाई नेपालकै नमुना सहर एवं स्पोटर्स सिटी बनाउने बताए । अबको कार्यपालिका बैठकबाट इटहरीलाई नमुना र स्पोटर्स सिटी बनाउने निर्णय गरेर घोषणा गछौं, मेयर चौधरीले भने । पछिल्लो समय खेलकुदको पनि हब बनेको सुनसरीको इटहरीलाई स्पोर्ट्स सिटी बनाउन विभिन्न खेलका विधा, खेलाडी , बुद्धिजिवि, खेलप्रेमीहरुसँग छलफल गरिने पनि उनको भनाई थियो । सबैको धारणासँग बसेर स्पोर्ट्स सिटीको बिषयमा धारणा प्रस्तुत गराएर स्पोर्ट्स सिटीको घोषणा गरिनेछ : उनले थपे । खेल क्षेत्रबाट पनि इटहरीको विकासमा उल्लेख्य योग्दान हुनसक्ने मेयर चौधरीले धारणा व्यक्त गरे ।