ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “आरती स्ट्रिप्समा कामदारप्रति हातपात” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
विराटनगर : मोरङको बूढीगङ्गा गाँउपालिका –१ म सञ्चालित आरती स्ट्रिप्स प्रालिका मुख्य सञ्चालक सञ्जय सिङ्घलले आफ्नै कामदारलाई निघार्त कुटपिटपछि पीडीत कामदारले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् । सञ्चालक सिङ्घलले १७ वर्षदेखि उद्योगमा काम गर्दै आएका कामदार इन्द्रजित गर्गमाथि हातपात गरेका हुन् ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “आज लक्ष्मी पूजा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
धरान : यमपञ्चकको तेस्रो दिन आज देशभर लक्ष्मी पूजा गरिँदैछ । आजै घर गोठमा गाईको पूजा गरिँदैछ । यस दिन विहानै गाईलाई पूजा गरी, माला लगाईदिएर मीठामीठा परिकार खान दिने गरिन्छ ।


फास्ट टाइम्स :धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “तिहारको अर्थ बजार भाइमसला मात्र ९० करोडको आयात” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।

धरान : तिहारमा भाइटीकाको विशेष महत्त्व हुन्छ । भाइटीकामा चाहिने भाइमसला भनेर सुख्खा नरिवाल, ओखर, काजु, देशी मसला, पेस्ता, किसमिस, ल्वाङ, सुकमेल, र छोकडा आदिलाई भनिन्छ । भाइमसला अन्र्तगत पर्ने यी सामाग्री चालु आर्थिक वर्षको ३ महिनामा झण्डै ९० करोड रुपैयाँ बराबरको आयात भएको भन्सार विभागको तथ्याड्ढले देखाएको छ । गत वर्षको ३ महिनामा भने करिब १ अर्ब १५ करोडको आयत भएको देखिन्छ ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “देउसी भैलो १० बजेसम्म ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । तिहारमा खेलिने देउसी भैलो , राति १० बजे पछि नखेल्न प्रशासनले अनुरोध गरेको छ । दशै तिहार तथा छठ पर्वमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न बिशेष सुरक्षा योजना लागु गरेको मोरङ प्रहरीले रातिको समयमा देउसी भैलो नखेल्न अनुरोध गरेको हो ।