धरान: गत आर्थिक बर्षमा धरान १६ नौलो बस्ती नजिकै सर्दु खोला किनारमा उपमहानगरपालिकाले भुमी पार्कको बोर्ड टाँग्यो । बोर्डमा पार्कको आकर्षक डिजाइन थियो । पार्क बनाउने जग्गा जोगाउन गत बर्ष नै त्यहाँ रिटेनिङ वाल पनि उठ्यो ।

तर, त्यही पार्कको बोर्ड नजिकै बस्ती प्रवेश गर्ने बाटो भने निक्कै अफ्यारो थियो । केही ओरालो बाटोमा ढुंगैढुंगा थियो । हिड्न ठिकै भएपनि केही ओरालो परेको उक्त बाटोमा सवारीसाधन दुर्घटनाको जोखिम उच्च थियो । पक्की नभएको उक्त बाटोमा मोटरसाइकल गुड्न गाह्रो थियो भने स्थानीयबासी बषौंदेखि धुलो खादै बस्न बाध्य थिए । यही समस्याबाट मुक्ति पाउन उनीहरुले जुक्ति निकाले, आफै श्रमदान गरेर बाटो पक्की गर्ने । नौलो बस्तीबासीको प्रयासले अहिले मुर्तरुप पाएको छ ।

a45590080_351832892230489_6392228800486178816_n copy

जनपथ जागरण समाजको नेतृत्व, स्थानीयबासीको साथसँगै नेपाली कांग्रेस, तरुण दलको पनि सहयोगमा अहिले जोखिमपुर्ण बाटो स्तरोन्नती भएको छ । स्थानीयबासी मिलेर उक्त बाटोलाई आरसिसि ढलाई गरिएको थियो । ढलाई गर्न करिब ७० हजार खर्च भएको स्थानीय युवा अमर सुवेदीले जानकारी दिए । यो खर्च स्थानीयबासीबाट सहयोग जुटेको हो भने बुधबार तिहारको लक्ष्मीपूजाको दिन स्थानीयबासीले श्रमदान पनि गरे । ‘जनपथ जागरण समाज, नौलो बस्तीबासी, कांग्रेस, तरुण दल सबै मिलेर आरसिसि ढलाई गर्न सक्यौं, हामीले त लक्ष्मी पूजाको दिन श्रमदान गर्यौं,’सुवेदीले भने,‘यो बाटो निक्कै अफठ्यारो थियो, अब सजिलो हुन्छ । धुलो पनि धेरै खाइदैन ।’

बाटोलाई आरसिसि ढलाई गर्न कुनै पनि सरकारी बजेट लगानी भएको छैन । बसोबास बस्ती संरक्षण समाजका नेता कुमार कार्कीले ५ हजार सहयोग गरे भने २० बोरा सिमेन्ट पनि स्थानीयबासीले सहयोग जुटाए । ‘लक्ष्मी पूजाको अवसर पारेर विकासको काम गरौं भनेर सबैजना जुट्यौं, सडक त्यति लामो होइन, तर आफ्नो ठाउँको विकास आफै गर्न सकिन्छ भन्ने उदाहरण भयो, यसमा खुशी छौं,’सुवेदीले भने ।

a45630804_2217425968579685_1655736693203927040_o copy

a45676869_485122991986394_4519652621690077184_n copy

a45730382_1461507497315299_893521324062801920_n

a45890769_2217425938579688_2119752083551813632_o