औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “दुईदेशीय कुस्ति सम्पन्न” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
सुनसरीको भोक्राह नरसिंह गाउपालीका ७ नंरसिमा दुई देशीय कुस्ती प्रतियोगिता सम्मपन्न भएकने हो । प्रतियोगितामा नेपालको बाकेँ, धनुषा, सप्तरी र सुनसरी तथा भारतको मधुवनी, राजस्थान, दिल्ली, गुजरात, विहार लगायतका २६ जना कुस्ती खलिफहरुको सहभागिता रहेको थियो ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “छोरा बचाइदिन आमाको याचाना” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
जीवनमा केहि गरेर देखाउला भन्ने आशा गरेको छोराको केहि गर्नसक्ने उमेरमा क्यान्सर पीडित भएपछि छोराको उपचारका लागी सहयोगको सार्वजनिक याचना गर्न बाध्य बनेकी छन् । बराहक्षेत्र वडा ३ का ३५ बर्षिय कुमार बिश्बकर्मा लाई क्यान्सर भएको थाहा भएपछि उनिसंगै उनका उनका घरमा ५ जना परिवार चिन्तित छन् ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “ चार हजार निम्ता बाँडेपछि थाहा पायो ‘खर्ना‘” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
चार हजारभन्दा बढी निमन्त्रण पत्र बाँडीसकेपछि १ नम्बर प्रदेश सरकारले आज सोमबार गर्ने भनेको छठ पर्व शुभकामना कार्यक्रम दुई दिन पछि सारेको छ । पहिलो तय गरिएको मिति खर्ना बस्ने दिन (निरहार ब्रत) परेपछि सरकारले शुभकामना कार्यक्रम दुई दिन पछि सारेको हो ।


पूर्वी बजार : इटहरीबाट प्रकाशन हुने पूर्वी बजारले “सरस्वती सतन माविको जग्गा सुकुम्बासी बस्तीमा परिणत” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
इटहरी उपमहानगरपालीका वडा न. ८ स्थित सरस्वती सतन माध्यमिक बिद्ययालयको जग्गा सुकुम्बासीले कब्जा गरेको पाइएको छ । स्कुलको नाममा रहेको विद्यालयको कम्पाउण्डभित्र रहेको १ बिघा बाहेक १ बिघा ७ कठ्ठा र ऐलानी १३ कठ्ठासहित दुई बिघा जग्गामा सुकुम्बासी बस्ती बसेको हो ।

विवेचना : बिर्तामोडबाट प्रकासनहुने विवेचना दैनिकले “झलनाथले गरे सरकारको आलोचना” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले वर्तमान सरकारले जनताको चाहना बमोजिम काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् । आइतबार झापाको बिर्तामोडमा सञ्चारकर्मीसँग कुराकानी गर्दै खनालले जुनरूपले काम गर्नुपर्ने हो त्यो गतिमा सरकार अघि बढ्न नसकेकाले आप्mनो गति र वेग बढाउनुपर्ने बताए । ‘मुलुकमा अब विकास र समृद्धि हुने कुरामा शड्ढा गर्नु हुँदैन’, उनले भने, ’तर समृद्धि र विकासलाई गति दिन सरकारको वेग बढ्नुपर्छ ।’ देश अहिले ऐतिहासिक चरणमा प्रवेश गरेको बताउदै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले क्रान्ति, हडताल र संघर्षको युग सकिएकाले अब विकास र समृद्धिको दिशामा जान अन्य कुरामा सरकार अलमलिन नहुने बताए । ‘सरकारले समृद्धिका पाइला चल्न थालेको छ, ती पाइलाहरूमा अझै वेग थप्न जरुरी रहेको छ’, उनले भने, ‘अझै गति थपे मात्रै सरकार आप्mनो लक्ष्यमा पुग्छ ।’