इटहरी: कार्तिक २७ गते(भोली)देखि इटहरी २० स्थित तरहरामा प्रदेश १ स्तरीय बास्केटवल प्रतियोगिता आयोजना हुने भएको छ ।

आयोजक सगरमाथा युवा क्लव, तरहराले सोमबार पत्रकार सम्मेलन गर्दै भोलीदेखि मंसिर २७ गतेदेखि प्रदेश १ स्तरीय बास्केटवल प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । प्रतियोगितामा सुनसरी, झापा र मोरङका १४ वटा टिमले सहभागिता जनाउने खेल संयोजक प्रविण राउतले जानकारी दिए । ‘प्रदेशस्तरीय बास्केटवल प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना गर्न लागेका छौं,’उनले भने ।
उक्त प्रतियोगितमा सुनसरीको धरानाट ८, तरहराबाट २, मोरङको विराटनगरबाट १, झापाको दमकबाट १ र झापाबाट १ टिमले सहभागिता जनाउने भएको छ । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिता लिग कम नकआउटको आधारमा आयोजना गरिनेछ । प्रतियोगिताका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसँगै ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछ । यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार, ट्रफी हात पार्नेछ ।

क्लबका सल्लाहकार सिजन गुरुङले बास्केटबल खेलको विकास गर्न र लोकप्रियता बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको बताए । प्रतियोगिताको उद्घाटन खेल तरहरा ए र यलम्वर टिम बीच हुनेछ भने फाइनल खेल मंसिर २ गते हुनेछ । प्रतियोगितामा जिल्ला बास्केटवल संघ सुनसरीको प्राविधिक सहयोग रहनेछ ।