काठमाडौं : विश्वचर्चित खेलाडी लियोनल मेस्सीले अल्फ्रेडो डि स्टेफानो र पीचीची अवार्ड जितेका छन् । स्पेनिस खेल पत्रिका मार्काले प्रदान गर्दै आएको अल्फ्रेडो डि स्टेफानो र पिचिची अवार्ड अर्जेन्टिनी खेलाडी तथा बार्सिलोनाका कप्तान मेस्सीले जित्न सफल भएका हुन् । सोमबार राति भएको कार्यक्रममा उनले सन् २०१७ र २०१८ को सिजन उत्कृष्ट खेलाडी बन्दै अल्फ्रेडो अवार्ड जित्न सफल भएका हुन् ।त्यसतै, स्पेनिस ला लिगामा सर्बाधिक गोलकर्ता बन्दै उनले पिचिची अवार्ड पनि आफ्नै पोल्टामा पार्न सफल भए । त्यसो त मेस्सीले १० बर्षभित्र पिचिची अवार्ड पाचौं पटक जित्न सफल भएका हुन् ।

onlinekhabar बाट साभार गरिएको