विराटनगर: विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली छठ पुजाको अवसरमा आज भुईमा घस्रिएर अस्ताउदो सुर्यलाई अर्घ दिन निस्किएका छन् ।

विराटनगर पोखरियास्थित शिव पञ्चायन मन्दिरबाट उनी घस्रिएर छठ पुजामा सुर्यलाई अर्घ दिन घिस्रिएर निस्किएका हुन् । उनी यसरी घस्रेर दण्ड प्रणाम गर्दै छठ पुजामा निस्एिको पहिलो चोटी भने होइन । उनी यसरी घस्रिएर दण्ड प्रणाम गर्दै छठ पुजामा निस्एिको यो १५ औँ पटक हो । उनीसँगै २ भतिजाहरु प्रमिस र मनिस पराजुली पनि घस्रिएर दण्ड प्रणाम गर्दै साथमा छन् ।

46110240_1893970303971458_2104337828178558976_n copy

मन्दिरबाट करिब ३ किलोमिटरको दुरीमा रहेको सिँगिया खोलास्थित परोपकार घाटसम्म मेयर र उनका भतिजाहरु घस्रिएर पुग्नेछन् । त्यहाँसम्म पुग्न उनीहरुलाई करिब ४ घण्टा समय लाग्ने बताइएको छ । मेयर पराजुलीले महानगरको समृद्धि र नगरबासीको हितको लागि ब्रत बसेको सञ्चारकर्मीहरुलाई बताएका छन् । उनले यसअघि १२ बर्षसम्म आफु र परिवारको लागि छठको ब्रत बसेका बताएका छन् भने १३ औ बर्षमा विरामी सशांक कोईरालालाको लागि र गत बर्ष १४ औ पटकमा आफु मेयर भएपछि ब्रत बस्नुका साथै दण्ड प्रणाम गर्दै सुर्यलाई अर्घ दिन पुगेको बताए ।

मेयर पराजुलीका अुनसार उनी १६ बर्षको उमेरदेखि छठको ब्रत बस्न थालेका थिए भने १५ बर्षयता भने नियमितरुपमा दण्डवत प्रणाम गर्दै अर्घ दिन जान थालेका हुन् । यसबर्षदेखि उनकी श्रीमति रञ्जीता खनाल पराजुलीले पनि ब्रत बस्न शुरु गरेकी छिन् ।

brt-mayor-7 copy

brt-mayor-8 copy