धरान: मध्यराती तास खेलिरहेको अवस्थामा प्रहरीले धरान ८, सिद्धार्थ मार्गबाट १० जनालाई पक्राउ गरेको छ ।

सोमबार राती करिब १ बजे बिशेष सुचनाको आधारमा सिद्धार्थ मार्गस्थित केशव गुरागाईको घरबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा झापाको लखनपुर १ घर भइ हाल धरान १० बस्ने भरत थापा, घुस्की ८ घर भई हाल धरान ९ आचार्य लाइन बस्ने उमेश सोनी, इटहरी २० का राजु खड्का, धरान ११ का तुलाराम राई, धरान १३ का रविकुमार राई, इटहरी ४ का गुणराज राई, इटहरी २० का मिलन राना साम्पाङ राई, धरान १७ का सञ्जय राई, धरान १८ का मिलान गुरुङ र धरान १५ का सञ्जु राई रहेका छन् ।

उनीहरुको साथबाट ३ बुङ तास र ४ लाख ८ हजार ५ सय रुपैया पनि वरामद भएको डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । केही व्यक्तिहरु अवैधरुपमा नगद हारजित हुने गरी जुवा खेलीरहेको सुचनाको आधारमा प्रहरी टोली खटिएर खानतलासी गर्दा पक्राउ परेको डिएसपी तिम्सिनाले बताए । उनीहरुलाई जुवा मुद्दामा अनुसन्धान भई गरिरहेको पनि उनले जानकारी दिए ।