इटहरी: सुनसरीको इटहरी २० स्थित तरहरामा मंगलबारदेखि प्रदेश १ स्तरीय बास्केटवल प्रतियोगिता शुरू भएको छ ।

तरहराको बास्केटवल कोर्टमा भएको उद्घाटन खेलमा धरानको होराइजन क्लबले तरहरा बी लाई ७८-३० स्कोरे पराजित गर्यो भने दोस्रो खेलमा तरहरा ए टिमले यलम्बर क्लब धरानलाई ८५-४८ स्कोरले हरायो । विजेता दुवै टिम प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि एवं नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामाले गरेका थिए ।

प्रतियोगितामा झापा, मोरङ,सुनसरीलगायतबाट १४ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा बुधबारको पहिलो खेल इमोर्टल्स क्लब र बिराटनगर बीच हुनेछ भने दोस्रो खेल अन्डर डग्स धरान र तरहरा सि बीचमा हुने आयोजक सगरमाथा युवा क्लबले जानकारी दिएको छ । प्रतियोगिताका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसँगै ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछ ।

basket copy