ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “बाटोमै मर्छन् बिरामी” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाँउपालिका–६ ग्याब्लाका १९ वर्षीय तेञ्जिङ शेर्पाको अत्याधिक दाँत दुखेपछि गत भदौ २१ गते परिवारले काठमाडौबाट हेलिकप्टर झिकाएर मौसम प्रतिकुलका कारण तीन दिन पर्खदासमेत हेलिकप्टर आउन सकेन । बिरामीले थप च्यापदै लग्यो र भदौ २४ गते गाँउलेले स्ट्रेचरमा बोकेर जिल्ला अस्पताल ल्याए । सोही दिन राति लेलेप स्वास्थ्यचौकीमा लगेर प्राथमिक उपचार गराएर अस्पताल लाने क्रममा भदौ २५ गते बाटैमा शेर्पाको मृत्यु भयो ।

मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “थारु जति बारे वृत्तचित्र बन्दै ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । रामधुनी : आदिबासी थारु जतिको इतिहास, संस्कृति र दैनिक जीवनलाई समेटेर ‘अखारी पसारी सिरुवा उसारी’ नामक वृत्तचित्र सुनसरीको रामधुनीको पृष्ठभूमिमा निर्माण गर्ने तयारी गरिएको छ । वृत्तचित्रका लागि आवश्यक सुझाव संकलन र थारु जतिको संस्कार, संस्कृतिका बारेमा मंगलबार आयोजित छलफलमा उक्त जानकारी दिइएको हो । रामधुनी –७ स्थित रामजानकी युवा क्लब द्वारा आयोजित छलफलमा वृत्तचित्र निर्माण पुर्व समिक्षा गरिएको हो ।

फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “ भारततर्फ सुपारी जानै छाड्यो ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । भारततर्फ तस्कारी निरुत्साहित गर्न भन्सार वृद्वि गरेपछि तेस्रो मुलुकबाट सुपारी आयात ह्वातै घटेको छ । भारतको निरन्तर दबावपछि आर्थिक वर्ष २०७२ /७३ देखि सुपारी आयातमा भन्सार शुल्क वृद्वि गरिएको थियो ।

उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “प्रेमिसँग मिलेर श्रीमानको हत्या ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । मोरङको सुनबर्षी नगरपालिका–३ का ४५ वर्षीय ‘सोही हेमरन’ को हत्या आरोपमा प्रहरीले मृतककी श्रीमती र छिमेकी युवकलाई पक्राउ गरेको छ । कात्तिक २४ गते शनिबार सामान्य विवाद हुदाँ सोही हेमरनको हत्या गरेको आरोपमा प्रहरीले सोहीकी ३० वर्षीय श्रीमती फूलमुनी हेमरन र २६ वर्षीय छिमेकी मदन मुर्मुलाई पक्राउ गरेको हो । पक्राउ पेरका फूलमुनी र मदन प्रेमिप्रेमिका भएको बताइएको छ ।