स्पेनिस क्लब रियल मड्रिडले सान्टिएगो सोलारीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । रियल मड्रिडका मुख्य प्रशिक्षक जुलेन लेपेटेगुईलाई बर्खास्त गरेपछि अन्तरिम प्रशिक्षकको रुपमा सोलारीले काम गर्दै आएका थिए । उनले रियल मड्रिड टिम सम्हाल्नु अघि नवौं स्थानमा थियो । तर, उनी आइसकेपछि रियल स्पेनिस ला लिगाको छैटौ स्थानमा उक्लिन सफल भयो । एकपछि अर्को खेलमा उत्कृष्ट प्रदर्शन गर्दै रियललाई जित दिलाएपछि मुख्य प्रशिक्षकको रुपमा सान्टिएगो सोलारीलाई नै राख्ने रियलले निर्णय गरेको हो ।

‘onlinekhabar बाट साभार गरिएको ’