महिनौँदेखिको वार्तापछि ब्रिटेन र युरोपेली संघ (ईयू) का अधिकारीहरू ब्रेक्जिट अर्थात् ईयूबाट ब्रिटेनको बहिर्गमनसम्बन्धी सम्झौताको मस्यौदामा सहमत भएका छन्। मन्त्रिपरिषद्‌ स्रोतले बीबीसीलाई बताएअनुसार यसै हप्ता दुवै पक्षका अधिकारीहरूबीचको सघन छलफलपछि दस्तावेजमाथि प्राविधिक रूपमा सहमति जुटेको हो। ब्रेक्जिट सम्झौताको मस्यौदामा ब्रिटिश प्रधानमन्त्री टरिजा मेले मन्त्रीहरूको समर्थन जुटाउनुपर्ने भएकोले बुधवार दिउँसो मन्त्रिपरिषद्को विशेष बैठक बस्दैछ। मस्यौदामाथि प्रधानमन्त्रीले सबै मन्त्रीहरूसँग एक्लाएक्लै छलफल गर्ने बताइएको छ। पछिल्लो सहमतिपछि डलर र युरोको तुलनामा पाउण्डको मूल्य बढेको छ।

bbc.com नेपाली बाट