सुनसरी: आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिदै यो बर्षको छठ पर्व सम्पन्न भएको छ । नदी, खोला, तलाउ, पोखरी र जलाशयको किनारमा घाट निर्माण गरी धुमधामले छठ पूजा आयोजना गरिएको थियो । नेपालमा छठ पर्वलाई दशैं तिहार पछिको ठूलो पर्वका रुपमा लिने गरिन्छ । बिशेष गरी तराईका जिल्लाहरुमा मनाइने यो पर्व पछिल्लो बर्षहरुमा पहाडी समुदायले पनि उतिकै श्रद्धाका साथ मनाउने गरेका छन् । पहाडी समुदायले पनि ब्रत बसेर सूर्यको उपासना गदै पूजा गर्न थालेकोले यो पर्वले सामाजिक सद्भाव पनि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी, धरान, झुम्का, दुहवी, सुनसरी खोला, कुरुवा खोलाका साथै कोशी ब्यारेजसहितका स्थानहरुमा हुने छठ पूजाको सुरक्षालाई मजबुद बनाउन बिशेष व्यवस्था गरिएको थियो ।