ईलाम : ईलामको ईलाम नगरपालिका-८ स्थित माईखोलामा डुबेर मंगलबार १ जनाको मृत्यु भएको छ ।
दिउँसो २ बजेको समयमा सोही स्थान बस्ने नरधन लिम्बुको १७ बर्षीय छोरा लेखराज लिम्बु माईखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।मृतकको शव कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल ईलाम पठाईएको उक्त कार्यालयले जनाएको छ ।