धरान: तिहार र छठ मनाउदै गर्दा सुनसरीकै इटहरी, धरान र इनरुवामा लगातार आगलागीका घटनाहरु भए । चाडपर्वको बेला आगलागीबाट सम्बन्धित घरधनी र व्यावसायीले पनि ठुलो क्षति, नोक्सानी व्यहोर्नुपर्यो ।

यिनै कुराहरुलाई मध्यनजर गर्दै धरानमा आगो नियन्त्रण गर्ने, आगलागीबारे पुर्वसुचना दिने सामग्रीहरुको बिक्री शुरु भएको छ । एस श्री इन्टरप्राइजेजले बुधबारदेखि आगलागी हुदा आगो निभाउने सामाग्रीहरुको बिक्री शुरु गरेको जानकारी दिएको हो । धरान ९, गौतम पथमा खुलेको इन्टरप्राइजेजमा आगो निभाउने एबिसि ड्राई पाउडर, फायर ब्लांकेट र स्मोक अलार्मको बिक्री शुरु भएको छ । पछिल्लो समय आगलागीको घटना वृद्धि भइरहदा यो सामानहरु उपयोगी हुने इन्टरप्राइजेजका प्रोपाइटर पुकल राईले बताए ।

प्रोपाइटर राईका अनुसार धरानजस्तो शिक्षित सहरमा पनि घरमा आगो नियन्त्रण वा निभाउनको लागि सजगता अपनाइएको छैन । चेतनाको कमीले गर्दा सानो भुल हुदा आगलागी भएर करोड बढी लगानी भएको घर, व्यापारिक भवनहरुमा ठुलो क्षति पुग्ने उनको भनाई छ । ‘एउटा घर कम्तीमा पनि करोड बढी खर्च भएको हुन्छ, तर आगलागी हुदा के गर्ने भन्ने सजगता अपनाइएको छैन,’उनले भने,‘यो हाम्रो व्यापार मात्र होइन, सचेतनाको पाटो पनि हो । हामी सचेतनाको अभियानै पनि चलाउछौं ।’ बिक्रीमा राखिएको ड्राइ पाउडर मलेसियाको श्री ब्राण्डको १ केजीको ३ हजार मुल्य रहेको छ भने २ र ४ केजीको भारतको सेभियर ब्राण्डको मुल्य क्रमशः ३ हजार ५ सय र ५ हजार ५ सय रहेको छ । फयार ब्लांकेटको मुल्य ७ हजार छ भने स्मोक अलार्म ३ हजार मुल्य रहेको पनि राईले प्रोपाइटर जानकारी दिए ।

IMG_20181114_135111 copy

डेढ दशक बढी वैदेशिक रोजगारीमा रहेर स्वदेशमै केही गर्ने सोचले फर्किएका उनले विदेशमा आगलागी हुदा निभाउने समानहरु नराखी घरनक्सा पास वा स्वीकृति नहुने बताए । नेपालमा पनि यो नियम लागु गर्न जरुरी भएको उनको भनाई छ । उनका अनुसार एबिसि ड्राई पाउडरले सबै प्रकारको आगलागीलाई निभाउने क्षमता छ भने फायर ब्लांकेट घर, होटल, रेष्टुरेन्टको किचनमा उपयोगी हुनेछ । पाउडरले कपडा, काठ, तेल, इलेक्ट्रिक सर्टबाट हुने आगलागीलाई निभाउन सक्छ । यस्तै, ब्लांकेटले खाना पकाउदा किचनमा ठुलो आगो लाग्दा सुरक्षित बनाउछ भने मान्छेले ब्लांकेट ओढेर आगोमा हिड्न पनि सकिने उनले जानकारी दिए । यस्तै,स्मोक अलार्मले धुँवा वा तातोको मात्रा बढ्दै गएपछि बजेर सतर्क गराउने र आगोलाई समयमा नै निभाउन सकिने भएकोले ठुलो क्षति हुन नपाउने पनि उनले बताए ।