धरान: तिहारको लक्ष्मी पूजाको दिन उदयपुरको बेलका नगरपालिका ८ स्थित बोप्ताङ डाँडाबाट प्याराग्लाइडिङको प्रशिक्षण केन्द्र(स्कुल) शुरु भयो । नेपाल प्याराग्लाइडिङ एण्ड ह्याण्डग्लाइडिङ एशोसिएशन(नेफा)का प्रशिक्षक एवं टेण्डम पाइलट सुरेन गुरुङले बेलकाका मेयर दुर्गाबहादुर थापालाई उडाएर प्रशिक्षण केन्द्रको उद्घाटन गरेको थिए ।

यहाँबाट प्याराग्लाइडिङको सोलो पाइलट उत्पादन गर्न प्रशिक्षण दिइन्छ । तर, टेण्डर पाइलट गुरुङले प्रशिक्षणको दौरान नै आफन्त, चिनजानका व्यक्तिहरुलाई टेण्डम उडान पनि गरिरहेका छन् । प्रशिक्षण केन्द्रको मात्र अनुमति भएकोले अहिले त्यहाँबाट पैसा लिएर व्यावसायिक उडान गर्न भने पाइदैन । विना शुल्क आफन्त, चिनेजानेकालाई उडान भने पाइन्छ । पाइलट गुरुङका अनुसार उक्त ठाउँ टेण्डम उडान र व्यावसायिक प्याराग्लाइडिङको लागि एकदमै उपयुक्त रहेको छ । ‘मैले धरानबाट पनि उडेको छुँ, तर यहाँको भ्यु अलग्गै छ,’उनले अनुभव सुनाउदै भने,‘कोशी सबै देखिन्छ, कोशी टप्पु देखिन्छ, अझ माथि पुगेपछि कता कता पुगे जस्तो हुन्छ ।’

राखेपअन्र्तगतको नेफाले प्रशिक्षण केन्द्र सञ्चालन गरेपनि व्यवस्थापन धरानको बुढासुब्बा प्याराग्लाइडिङ प्रालिले गरिरहेको छ । बेलका नगरपालिकाले टेकअफ स्थल र ल्याण्डिङको लागि ठाउँ उपलब्ध गराएको छ । भविष्यमा आफ्नो नगरक्षेत्रमा व्यावसायिक प्याराग्लाइडिङ शुरु गर्ने नगरपालिकाको पनि योजना छ । यो ठाउँ चतरास्थित नयाँ कोशी पुलदेखि करिब २ किलोमिटर पश्चिम सोमबारे भन्ने ठाउँमा पर्छ ।

46235720_2330199130341839_5614287769368002560_n copy

46161824_2330199210341831_1251193212492578816_n (1) copy

46319932_2330199107008508_4290538596307304448_n copy

46236710_2330199230341829_1690182086104711168_n copy

46147277_2330199163675169_2161918496210944000_n copy

46149224_2330199187008500_1010917692388933632_n copy

तस्बिर स्रोत: पाइलट सुरेन गुरुङ