विश्व फुटबल महासंघ फिफाले इंग्लिस क्लब चेल्सीलाई ४५ हजार पाउण्ड जरिवाना र दुई वर्षसम्म खेलाडी अनुबन्धमा प्रतिबन्ध लगाएको छ। नियम विपरित युवा खेलाडी अनुबन्ध गरेको भन्दै फिफाले चेल्सीमाथि कारबाही गरेको हो।यही सिजन बेरट्रान्ड ट्राओरेलाई चेल्सीले तीन वर्षका लागि अनुबन्ध गरेको थियो। बेरट्रान्डसँगै चेल्सीले अरू १८ बर्ष मुनिका खेलाडीलाई खरिद गरेको भन्दै फिफाले नियम उलंघन गरेको आरोपमा कारबाही गरेको हो। यस विषयमा फिफाले थप अनुसन्धान थालेको छ। जसमा फिफाले १३ युवा खेलाडी नियम उलघंन गरेर क्लवमा भित्र्याएको अनुमान गरेको छ। यो सँगै फिफाले प्रिमियर लिगका अरू क्लवमाथि पनि खेलाडी किनबेचको आशंकामा अनुसन्धान सुरू गरेको छ।

setopati.com बाट साभार गरिएको