नेपाली युवा स्पिन बलर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आइपीएल) को आगामी सन् २०१९ को सिजनका लागि दिल्ली डेयर डेभिल्सले रिटेन गरेको छ। गत वर्ष अक्सनमार्तफ २० लाख भारतीय रूपैयाँमा सन्दिपलाई किनेपछि दिल्लीले सन्दीपलाई लगातार दोस्रो वर्ष पनि दिल्लीले टिममा राखेको हो। आइपीएल ११ को सुरूवाती खेलमा कप्तानी गरेका गौतम गम्भिरसहित ग्लेन म्याक्सवेलजस्ता खेलाडी दिल्लीबाट रिलिज हुँदा सन्दीपसहित ५ विदेशी खेलाडीलाई दिल्लीले टिममै राखेको हो। गत सिजन सन्दीपलाई दिल्लीले २० लाख भारूमा अनुबन्ध गरेको थियो। यस पटक कति रकममा अनुबन्ध गरेको भने खुलाइएको छैन। तर रिटेन गर्दा प्राय पहिलेकै मूल्य हुनेछ। तर, क्लबसँगको सहमतिमा नयाँ पारिश्रमिक पाउने सक्ने पनि बताईएको छ ।

सेतोपाटी बाट साभार गरिएको