इटहरी: कवि बद्री भिखारीको नयाँ कविता संग्रह समुद्र साउतीको होम लन्च एक कार्यक्रमबीच शनिबार सम्पन्न भएको छ ।

केही समयमा अघि काठमाडौंमा विमोचन गरिएको कवि भिखारीको कविता संग्रह समुद्र साउती इटहरीमा होम लन्च गरिएको हो । होम लन्च कार्यक्रममा कवि भिखारीका कविताहरु विभिन्न कविहरुले बाचन गरेर सुनाए । समुन्द्र साउतीको होम लन्चमा पुर्वका विभिन्न ठाउँका साहित्यकारहरुका साथै विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा कवि भिखारीको समुद्र साउतीका साथै लेखकीय पक्षको चर्चासमेत गरिएको थियो । होम लन्च कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती, प्रा.डा टंक न्यौपाने, चर्चित कवि मनु मञ्जील, कवयित्री टिका आत्रेय, दिनेश पौडयाल लगायतको सहभागिता रहेको थियो ।