धरान: प्रदेश नं १ का वन, पर्यटन तथा उद्योग मन्त्री जगशीद प्रसाद कुसियैतले प्रदेश १ मा हरेक बर्ष ५ लाख पर्यटक भित्र्याउन प्रदेश सरकारको लक्ष्य रहेको बताएका छन् । प्रदेश १ मा पर्यटनको प्रचुर सम्भावना भएकोले सम्भव हुने पनि उनले बताए ।

नेपाल बंगलादेश मैत्री समाज, पुर्वी नेपालद्धारा आइतबार धरानमा आयोजित कार्यक्रममा मन्त्री खुसियैतले घुम्न आएका पर्यटकहरुलाई राम्रो स्वागत, सत्कार गर्न पनि सबैसँग आग्रह गरे ।
मन्त्री खुसियैतले युरोप भन्दा आन्तरिक र छिमेकी मुलुकका पर्यटकहरु भित्र्याउने प्रदेश सरकारको लक्ष्य राखिएको पनि उनले बताए । मन्त्री कुसियैतले भने, 'अहिले युरोपका पर्यटकहरु भन्दा आन्तरिक पर्यटक र छिमेकी मुलुकका पर्यटकहरु भित्र्याउन चाहन्छौं । उहाँहरुलाई राम्रो सेवा, सत्कार दिनसक्नुपर्छ । हामीले प्रत्येक बर्ष ५ लाख पर्यटक यो प्रदेशमा भित्र्याउने लक्ष्य राखेका छौं ।'

४ वटा नाकामा अध्यागमन राखिने

IMG_7042 copy

प्रदेश १ का जोगवनी, काकडभिटा, पशुपतिनगर, भण्टावारी नाकालाई प्रदेशको प्रवेशद्धारकोरुपमा स्थापना गरी अध्यागमन राख्ने निर्णय भएको पनि मन्त्री कुसियैतको भनाई थियो । बाह्य पर्यटकहरुलाई नेपाल प्रवेश गर्न सहजतको लागि ती नाकाहरुमा अध्यागमन राख्ने निर्णय गरिएको मन्त्री खुसियैतले बताए । उनले भने, 'पर्यटकहरुलाई प्रदेश १ मा घुम्न आउन सहजताको लागि पशुपतिनगर, काकडभिटा, जोगवनी, भन्टावारीलाई प्रवेशद्धारकोरुपमा स्थापित गछौं, र अध्यागमन पनि राख्छौं ।'

विराटनगरमा अन्तराष्टिय एयरपोर्ट

वन, पर्यटन तथा उद्योगमन्त्री कुसियैतले विराटनगरलाई अन्र्तराष्टिय एयरपोर्ट बनाउन संघीय सरकारलाई सिफारिश गरिसकेको जानकारी दिएका छन् । एयरपोर्टको पश्चिमी भुभाग अधिग्रहण गरेर मुआब्जा वितरण भइरहेको भन्दै उनले दक्षिणी भाग पनि अधिग्रहण गरिने उनले बताए । 'विराटनगरबाटै माउण्टेन फ्लाईट गर्न एयरलाइन्स मालिकहरु लगभग सहमत भइसकेका छन् । अब माउण्टेन फ्लाइट गर्न काठमाण्डौं गइरहन पर्दैन, विराटनगरबाटै उडाउने'छौंः मन्त्री कुसियैतले भने ।

उनले वंगशालादेशसँगको व्यापार बढाउने, आत्मनिर्भर हुने सरकारको लक्ष्य रहेको पनि बताए । यसअघि ४ देशबीच यातायात आवागमनको प्रयास सफल नभएपछि त्रिदेशिय यातायात सञ्चालनको लागि संघीय सरकारसँग पनि पहल गर्ने मन्त्री कुसियैतले बताए ।