ब्राजिलियन फुटबल टोलीका कप्तान नेयमार इतिहास निर्माणका क्रममा अघि बढि रहेका छन् । पछिल्लो मैत्रीपूर्ण खेलमा उनकै विवादस्पद गोलमा ब्राजिलले उरुग्वेलाई १–० ले हराएका थियो । उक्त पेनाल्टी नेयमारको ब्राजिल करिअरका लागि भने विशेष रहयो । डिएगो लाजाल्टलाई डानियोले पेनाल्टी बक्समा फाउल गरेपछि ब्राजिलले पेनाल्टी पाएको थियो । त्यसअघि उरुग्वे ब्राजिलियन खेलाडीको ह्यान्डको अपिल गरेका थिए, तर रेफ्रीले खेल रोकेनन् । त्यहि पेनाल्टीमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टारले गोल गरे ।

download (1)

ब्राजिलका लागि त्यो उनको ६० औं गोल थियो । ब्राजिलिन फुटबल इतिहासमा देशका लागि ६० गोल गर्ने उनी तेस्रो फुटबलर हुन् । ब्राजिलका महान खेलाडी पेलेले ७७ र रोनाल्डोले ६२ गोल गरेका थिए । २६ वर्षे नेयमारले दुवै महान खेलाडीको गोललाई पनि उछिन्ने सम्भावना छ । नेयमारको गोलअघि उरुग्वेका तुलनामा ब्राजिल कमजोर देखिएको थियो । ब्राजिलको अग्रता अघि उरुग्वेका लुइस स्वारेजले फ्रिकिकमा गोलको राम्रो अवसर सृजना गरेका थिए । दुई टोलबीचको खेल निकै घम्साघम्सीपूर्ण पनि रह्यो । खेलमा ८ वटा पहेलो कार्ड प्रयोग भएको थियो । जसमा एक स्वारेज पनि थिए । ब्राजिल र उरुग्वेको अन्तर्राष्ट्रिय विश्राम अझै केहि दिन रहेको छ । ब्राजिलले क्यामरुनसँग प्रतिस्पर्धा गर्नेछ । उरुग्वेले मंगलबार विश्व कप विजेता फ्रान्सको सामना गर्नेछ ।


"हाम्रो खेलकुदबाट साभार गरिएको"