ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “पहिलो राष्ट्रिय परिचय–पत्र भगवतीदेवीलाई” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । पाचँथरबाट पहिलोपल्ट राष्ट्रिय परिचय–पत्र वितरण कार्य शुरु गरेको छ । पाँथरकी १ सय १ वर्षीया ज्येष्ठ नागारिक भगवतीदेवी भण्डारीलाई पहिलो राष्ट्रिय परिचय–पत्र वितरण गरिएको छ ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले“खनजोत नगरी गहुँ खेती” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
सुनसरीको गढी गाँउपालिका ३ छिटाहामा जिरो टिल (विना खनजोत प्रविधि) को प्रयोग गरी गहुँ खेती सुरु गरिएको छ । किसानको मागलाई मध्यनजर गरि कृषि इन्जिनियरीङ, कृषि महाशाखा र नेपाल कृषि अनुसन्धान परिषद्को संयुक्त पहलमा एकै पटक ८३ हेक्टर क्षेत्रफलमा जिरो टिलेज (विना खनजोत प्रविधि ) को प्रयोग गरी गहुँ खेती सुरु गरिएको हो ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “अपाङतगतालाई हेर्ने दृष्टिकोण बदल्दै अग्रणीहरु ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । शारीरिक अपाङगताले व्यक्तिमा भएको क्षमता, दक्षता तथा प्रतिभालाई हत्तपत्त असर गर्दैन । इच्छा शक्ति र केही गर्छु भन्ने चाहाना अठोट नभएकाहरु सबलाङ भएपनि जीवनमा केही गर्ने सक्दैनन् । परम्परागत समाजमा लिङ्ग, जाति, वर्गलाई हेर्ने गलत दृष्टिकोण विद्यामान छ । त्यसमा पनि अपङगता भएका महिलालाई परिवारको बोझ मान्ने सम्मको अवस्था छ । तथापी पारिवारिक, सामाजिक अपहेलनाका बाबजुद पनि पूर्वका थुपै शारीरिक अपाङ्गता भएका महिलाहरु जीवनका चुनौती सामना गरी उदारणीय बनेका छन् ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “नागरिक र प्रहरीको सहकार्य विना समाजमा शान्तिसुरक्षा नहुने : प्रदेश प्रहरी प्रमुख रिजाल” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
प्रदेश १ का प्रहरी तथा प्रहरी नायब महानिरीक्षक केदार रिजालले नागरिक र प्रहरीबिचको सहकार्यविना समाजमा शान्तिसुरक्षा कायम हुन नसक्ने बताएका छन् ।आइतबार चौबिसे गाउँपालिकाको मुढेबासमा नवनिर्मित भवनको उद्धघाटनपछि बोल्दै प्रहरी प्रमुख  रिजालले शान्तिसुरक्षा अमनचयन कायम गर्नमा स्थानीय सरकार र नागरिकले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उदेघोष दैनिकले “सुन तस्करी मुद्दा सर्वोच्च जाँदै ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
साढे ३३ किलो सुन तस्कारी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्कारी प्रकरणमा मुछिएका हाइप्रोफाइल प्रहरी विरुद्ध सरकारी वकिल सर्बोच्च अदालत जाने भएका छन् ।


विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “आजदेखि सडक दुर्घटना न्यूनीकरण महाअभियान सुरु” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । मंगलबार साँझ हुने नेपथ्य ब्यान्डको ‘लाइभ कन्सर्ट’ का लागि सम्पूर्ण तयारी पूरा भएको छ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने उक्त कन्सर्टका लागि संरचना निर्माणको काम सोमबार साँझ पूरा भएको छ । दिनहुँ जस्तो हुने सवारी साधन दुर्घटनालाई निरुत्साहित गर्न प्रचारात्मक अभियानका लागि उक्त दिन नेपथ्य ब्यान्डलाई निम्तो गरिएको हो । नेपथ्य ब्यान्डका सबै सदस्य आफ्ना सामग्रीसहित आइतबार नै बिर्तामोड आइपुगेका छन्। नेपथ्यको सांगीतिक प्रस्तुतिपछि प्रदेशनम्बर १ मा करिब पाँच करोड रुपैयाँ खर्च हुने दुर्घटना न्यूनीकरण महाअभियान चल्नेछ ।