यमनमा हूथी विद्रोही र साउदी अरेबिया नेतृत्वको गठबन्धन फौज दुवै पक्ष आक्रमण रोक्न सहमत भए पनि हुदैदा बन्दरगाह शहरमा पुनः लडाइँ शुरू भएको छ। विद्रोही र सरकार समर्थक फौजबीच भिडन्तहरू भएपछि गठबन्धन फौजका लडाकू विमानहरूले फेरि बमबारी शुरू गरेका छन्। संयुक्त राष्ट्रसंघले साढे तीन वर्षदेखिको द्वन्द्व अन्त्य गराउनका निम्ति पुनः वार्ता शुरू गराउने प्रयास गरिरहेको छ।
विद्रोही नियन्त्रित हुदैदाको बाहिरी भेगमा पनि सोमवार बमबारीको आवाज सुन्न सकिन्थ्यो। समाचार संस्था एएफपीका अनुसार गठबन्धन फौजले विद्रोहीहरूका रणनीतिक स्थानका शृङ्खलाबद्ध हवाई हमला शुरू गरेको छ।

bbc.com बाट साभार गरिएको