पथरी : युवाहरुलाई कृषि पेशातर्फ व्यवसायिक भएर लाग्न उत्प्रेरणा जगाउने उद्देश्यले सोमवार देखी ३ दिने तरकारी खेती तालिम शुरु भएको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिकाकास्थित कृषि शाखाको आयोजनामा वडा नम्वर ३ स्थित सामुदायिक अध्ययन केन्द्रमा तालिम शुरु भएको हो । तालिमको नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन् गर्दै युवाहरुलाई स्वरोजगार बन्न उत्प्रेरणा दिइन् ।

युवा लक्षित कार्यक्रम अन्तर्गत प्रत्येक वडाबाट १ जना महिला सहित ३ जनाका दरले तालिममा १० वडाका ३० जनाको सहभागिता रहेको सहजकर्ता एवम् कृषि शाखा प्रमुख सावित्रा कार्कीले जानकारी दिइन् ।