ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “वित्तीय कम्पनी खोलेर ठगी धन्दा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
विद्युत्त परियोजना र बिजनेश म्यानजेमन्ट ग्रुपको नक्कली कार्यालय खोलेर खुलेआम ठगी गरेको पाइएको छ । उक्त ग्रुपबाट कर्मचारी नै ठगिएका छन् । विराटनगरचम साझा मार्गमा सिङ्गो घर भाडामा लिएर तमोर मेवा जलविद्युत्त आयोजना पब्लिक लिमिटेड र विजनेश मेनेजमेन्ट ग्रुप बिएमजी भन्ने नक्कली कम्पनीको कार्यालय खोलेर मोरङको लेटाङ्ग घर बताउने गुणराज ओझाले ठगी धन्दा चलाएका हुन् ।


मर्निङ टाइम्सः धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “नेटवर्किङ ठग थापा पक्राउ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
ओरियन्स ग्लोबल नेटवर्क मार्केटिङ नामक कम्पनीको इटहरीमा अवैधानिक रुपमा कार्यालय सञ्चालन गरी करौडौ रुपैयाँ भन्दा बढीको ठगी कारोबार गर्दै आएका इटहरी ८ बस्ने सुमन थापा पक्राउ परेका छन् ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकाले “हरेक दिन विकासको गति एक कदम भए पनि लिनुपर्छ : प्रधानमन्त्री ओली ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुकले विकासको गति लिनुपर्ने र त्यसले एक कदम भए पनि अघि बढनुपर्ने बताएका छन् । आर्थिक वर्ष २०७/०७६ को स्वीकृत कार्यक्रम एवं बजेटको कार्यान्वयन सम्बन्धी प्रथम चौमासिक समीक्षा बैठकको दोस्रो दिन उनले सबै क्षेत्र हरेक दिन रचनात्मक कामसहित एक कदम अघि बढनुपर्ने बताए ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “मुस्लिम अगुवाको हत्या श्रृंखला त्रसित बनाउने षड्यन्त्र : मुस्लिम अगुवाहरु” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
पछिल्लो समय मुस्लिमको बाहुल्यता भएको क्षेत्रमा अगुवाहरुलाई गोली हानी हत्या हुने गरेको उदाहरण मात्र हो । मुलुकै तेस्रो र प्रदेश नम्बर १ को सबैभन्दा बढी मुस्लिम बहुल क्षेत्र भएको स्थानमा मुस्लिम अगुवाहरुलाई दिनदहाडै गाली हानी हत्या गर्ने तर हत्यामा संग्लन कानुनी दायरामा नआउने प्रवृत्तिले मुस्लिम समुदाय असुरक्षित बन्दै गएको मुस्लिम अगुवाहरु बताउँछन् ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “ कोशी ग्याँसको हाहाकार ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । खाना पकाउने इन्धनको रुपमा अत्यावश्यक पर्ने कोशी ग्याँसको वजारमा अभाव हुँदा पुर्वका उपभोतालाई हैरानी भएको छ । १५ दिन अघि देखि कोशी ग्याँस वजारमा हाहाकार भएको उपभोताहरुले वताएका छन् । त्यसैले ग्याँस उपभोताहरुले धमाधम अहिले कोशीको विकल्प समेत खोज्न थालेका छन् ।अन्य ग्याँस कम्पनीको भन्दा कोशी ग्याँसको उपभाताहरु धेरै भएपनि दुइसाता अघिदेखि अभाव भएकाले ग्याँसको सिलिण्डर धमाधम सटही गर्न वाध्य भएको धरान १४ विजयपुर डाँँडाका टिना चोङबाङले वताए । उनले भने,“घरमा ग्याँस सकिएको १० दिन भन्दा वढी भयो , वजारमा ग्याँसको सिलिण्डर पाईदैन, त्यसैले अन्य कम्पनीको सिलिण्डर सटही गर्न वाध्य भएका छौ ।”