पथरी : मोरङको पथरीशनिश्चरे नगरपालिकाको पथरी वजारस्थित पूर्वपश्चिम मुख्य सडक क्षेत्र खाली गर्ने अभियान अघि बढेको छ । पथरीशनिश्चरे नगरपालिका, इलाका प्रहरी कार्यालय सहितका सरोकारवालाहरुको सहकार्यमा शुक्रबार बाट पूर्वपश्चिम मुख्य सडकको दायाँदायाँ ८२-८२ फिट सडक क्षेत्र खाली गर्ने अभियान अघि बढेको हो ।

अभियान अन्तर्गत चोकमा राखिएका पसल, टहराहरु हटाउने काम भएको छ । अटेर गरी पुन पसल र टहरा राखेमा कडाईका साथ हटाइने नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले जनाउनु बताउनुभयो । यस अघि पटक पटक सूचना गरी स्काभेटर नै लगाएर सडक क्षेत्र खाली गरिएपनि पुनः पसल र टहरा खडा गरिएपछि सडक खाली गर्ने अभियान अघि बढाइएको छ । नगरपालिकाले सो सडक क्षेत्रका खाल्डाखुल्डी पुरेर सम्याउने काम गरेको छ ।