विर्तामोड : अर्काको नाममा सवारी चालक अनुमती पत्र(लाइसेन्स)का लागि ट्रायल परीक्षा दिने र दिन लगाउने दुवै ब्यक्तिलाई जिल्ला ट्राफिक कार्यालय झापाले पक्राउ गरेको छ ।
झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा नं. ११ का ३४ बर्षिय बालकुमार राई र झापाकै विर्तामोड नगरपालिका वडा नं.२ वस्ने वर्ष २३ का दिवस अधिकारी पक्राउ परेका हुन् । अधिकारीको नाममा राइले ट्रायल परीक्षा दिदादिदै दुवै बुधबार ट्रायल स्थलवाटै पक्राउ गरिएको जिल्ला ट्राफिक कार्यालय झापामा कार्यरत प्रहरी शहायक निरिक्षक याम बहादुर खड्काले जानकारी दिए ।


राइले अधिकारीको नाममा वि वर्ग अर्थात कार, जिप, भेन सवारी चालक अनुमती पत्रका लागि ट्रायल दिएका थिए । जिल्ला ट्राफिक कार्यालय वाट ट्रायल परिक्षाका लागि खड्काको कमाण्डमा खटिएको प्रहरी टोलिले ट्रायल दिन प्रयोग गरिएको वा १७ च ३११२ नम्वरको कार समेत नियन्त्रणमा लिएको वताइएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोड पठाएको प्रहरी निरिक्षक कालिदास रेग्मीले जानकारी दिए ।