इटहरी: दुर्गा बचत तथा ऋण सहकारी संस्थाको १६ औ बार्षिक साधारणसभा इटहरीको दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन समारोहमा कार्यक्रमकी प्रमुख अतिथी इटहरी उपमहानरपालिकाकी उपमेयर लक्ष्मी गौतमले सुनसरी जिल्लाको सहकारीको इतिहासमा दुर्गा बचत सहकारीको नाम निर्कै उच्च रहेको बताइन् । तीन हजार एक सय पैसट्ठी जना शेयर सदस्य रहेको सहकारीले स्थापनाको १६ औ बर्ष पुग्दा ३१ करोड बढीको आर्थिक कारोवार गरेको जानकारी दिएको छ ।

सहकारीका अध्यक्ष टीकाप्रसाद दाहालको अध्यक्षतामा भएको बार्षिक साधारणसभाले नयाँ आर्थिक नीति तथा कार्यक्रमलाई समेत अनुमोदन गरेको छ । साधारणसभा समारोहमा उच्च शिक्षा हाँसिल गरेका शेयर सदस्यका छोराछोरी निरुता सिलवाल, सविता पौडेल, अङ्कित श्रेष्ठ कृष्ण खतिवडालाई जनही नगद सहित सम्मान गरेको छ । उक्त अवसरमा जङ्गबहादुर खड्का, दीपक गौतम, किशोर भण्डारी कुवेर शर्मा लगायतले आआफ्ना धारण राखेका थिए ।