इटहरीः नेपाल प्रेस युनियन सुनसरीको आठौं अधिवेशनले चयन गरेको नयाँ कार्यसमितिको शुक्रबार एक कार्यक्रमबीच पदस्थापना भएको छ ।

गएको कार्तिकमा सम्पन्न अधिवेशनबाट धनबहादुर पुरी र पवन अधिकारी आलोपालो अध्यक्ष रहने गरी नेतृत्व चयन भएको थियो । उक्त नयाँ नेतृत्वको पदस्थापना गरिएको हो । नयाँ कार्यसमितिलाई इटहरीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी निवर्तमान कार्य समितिले पदभार हस्तान्तरण गरेको थियो । निवर्तमान अध्यक्ष गणेश निरौलाको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

पदस्थपना कार्यक्रममा नेपाल प्रेस युनियनका उपाध्यक्ष विजय सन्तोषी राई, प्रदेश नम्वर १ का प्रदेस सभामा विपक्षी दलका नेता राजिव कोइराला, संघीय सासंद सीताराम मेहता र काग्रेसका इटहरी सभापति हेमर्कण पौड्याल लगायतले नयाँ कार्य समितिलाई सफलताको शुभकामना दिएका थिए ।