सप्तरीः सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० इनरुवामा बस पल्टदा ५ जनाको मृत्यु भएको छ भने डेढ दर्जन बढी घाइते भएका छन् ।

को १ ख २७९९ नम्बरको यात्रुबाहक बस हनुमाननगर राजविराज सडक खण्डमा दुर्घटना हुदा पोखरीमा पल्टेको थियो । बसमा सवार ७० बर्षीय बेचनीदेवी यादव, ६० वर्षीय सिकलादेवी साह, दिनेश रजक, रजककी पत्नी र ठकनी देवी रहेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचाररत उनीहरुलाई धरान र विराटनगर रिफर गरिएको छ । दुर्घटनाग्रस्त बस डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३, ४ र ५ बाट तीर्थयात्रुहरु लिएर सुनसरीको बराह क्षेत्रबाट फर्कदै गरेको थियो । बसमा क्षमताभन्दा दोब्बर यात्रु सवार रहेका थिए ।