धरान: नेपालमा किराना पसलदेखि ठुला डिपार्टमेन्ट, मलहरुमा पनि बिक्री हुने र बालबालिका, युवा सबैले पिउने रियल जुसमा अखाद्य वस्तु भेटिएको छ ।

रियालमा माउसुली(टिकटिके)को टाउको जस्तो देखिने किरा र लेदो भेटिएको हो । ईटहरी उपमहानगर २०, तरहरास्थित पेगन रेष्टुरेण्टमा ग्राहकलाई दिनको लागि प्याकेजबाट खोलेर सिसाको गिलासमा हाल्दा रियल मिक्स फ्रुटीमा यस्तो अखाद्य वस्तु फेला परेको हो । रियल डाबर नेपालले उत्पादन गर्ने गर्छ ।

होटलका संचालक प्रविण थापाका अनुसार ग्राहकलाई जुस दिने बेला किरासहितको लेदो भेटिएपछि आफु पनि अचम्मित भएको जानकारी दिए । बुधबार तत्काल सप्लायर्सलाई खबर गरेपनि वास्ता नगरेको उनको भनाई छ । उक्त रियल ६ जुन, २०१८ मा उत्पादन भएको देखाउछ भने अझै २ महिना म्याद रहेको छ ।

46498409_1828774787248367_9075533752083415040_n copy

46502148_348092439327864_3580199147837325312_n copy

46513506_717358841963513_8697760394506141696_n copy