इटहरी: नागरिक सैनिक सम्बन्धलाई बिस्तार गर्ने उद्देश्यले प्रदेश १ को इटहरीमा रहेको पुर्वी पृतना मुख्यालयको आयोजनामा विभिन्न कार्यक्रम सम्पन्न भएको छ ।

रन एण्ड सोलिडारिटि कार्यक्रममा सिभिल र सैनिकबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउन हाफ म्याराथुन, साईक्लिंग, १० किलोमिटर महिला, पुरुष दौड, ५ किलोमिटर दौड तथा वाकाथुम लगायत प्रतियोगिता भएको हो । प्रदेश १ मा नेपाली सेनाले पहिलो पटक यस्तो कार्यक्रमको आयोजना गरेको हो ।

आम सर्वसाधरण तथा सेनाबी सम्बन्धको दुरीलाई कम गर्न यस्तो कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक दिवश पोख्रेलले बताए । कार्यक्रमको उदघाटन पृतनापति समिर शाहीले गरेका थिए भने बिभिन्न साँस्कृतिक कार्यक्रमको पनि आयोजना भएको थियो ।

IMG_1731 copy

दौड, साईकिलिंग, हाफम्याराथुन लगायतका सहभागीहरुलाई प्रमाणपत्र र नगद पुरस्कार बितरण गरिएको थियो । हाफ म्याराथुनमा जितेन्द्र दनुवारले पहिलो स्थान हासिल गराका छन भने दोश्रोमा गजेन्द्र राई र तेश्रोमा यांगचेत राईले आफ्नो स्थान सुरक्षित गरे । विजेता सबैलाई नगद पुरस्कारसहित प्रमाणपत्र बितरण गरिएको थियो । नेपाली सेनाको पहिलेदेखि अहिलेसम्मको इतिहास झल्काउने गरी सामग्रीहरुको प्रदशनीसमेत रहेको छ । जसमा करिब ३ हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान छ ।