झापा: अर्जुनधारा ८ मा रहेको पुवार्ध कृषि सहकारी संस्था लिमिटेड झापाले आफ्नो बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सहकारीका अध्यक्ष कमल भण्डारीको अध्यक्षता साथै जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आथित्यता रहेको कार्यक्रममा अर्जुनधारा नगरपालिका भित्रका बिभिन्न सहकारीका प्रतिनिधि,राजनितिक दलका प्रतिनिधि तथा सहकारीका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सहकारीकी उपाध्यक्ष नमिता विमलीले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रममा सहकारीको आर्थिक प्रतिवेदन सहकारीका सचिव शागरवाबु उप्रेतिले प्रश्तुत गरेका थिए । अध्यक्षको प्रतिवेदन प्रश्तुत गर्दै सहकारीका अध्यक्ष कमल भण्डारीले आगामी आर्थिक वर्ष वाट सहकारीले डेरी उद्योगसँगै आइसक्रिम उद्योगको स्थापना गर्ने, सहकारी ऐन २०७४ अनुसार सहकारीको विधान संसोधन गर्ने, ऋणीले प्राप्त गरेको ऋणका आधारमा अधिकतम १ लाखसम्मको विमा सहकारीले गरिदिने कार्यक्रम रहेको बताए ।

यस्तै,मोवाइल रिचार्ज तथा डिसहोमको रिचार्ज अर्थात विल भुक्तानि गर्दै आएको सहकारीले संरक्षित पुँजिकोस मार्फत जगेणा कोषमा छुट्याइ बाँकि रहन आएको रकमबाट कम्तीमा २५ प्रतिसत रकम ऋणीलाई प्रदान गर्ने साथै चुक्ता पुँजीको सेयर लाभाम्स सेयर सदस्य तथा सदस्यले गरेको वचतका आधारमा वितरण गर्ने साथै आगामि वर्ष अर्थात ११ औँ वार्षिक साधारण सभामा सहकारीको उन्नयनमा कलम चलाउने सन्चारकर्मीलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको पनि बताए । 

कार्यक्रममा उत्कृष्ट वचतकर्ता ज्ञान कुमारी सुब्बा, उत्तम मण्डल, समासिस गुप्ता, असली ऋणीमा कृष्ण प्रसाद रिजाल, केशरा मुसmमान, शानु राई, असल कर्मचारीमा सौरभ उप्रेती पुरस्कृत भएका थिए साथै आफ्नो सेवा क्षेत्र भित्रका जेष्ठ नागरिकहरु मध्येबाट ३ जना डिक्रा गौतम, मिन वहादुर परियार, डिल्लीराम फुयललाई सम्मान गरिएको थियो ।

२०६५ सालमा स्थापना भएको सहकारीले कृषि क्षेत्रको विकासका लागि बिभिन्न कृयाकलापहरु सञ्चालन गरे सँगै दुध तथा दुग्धजन्य पदार्थको विक्रि वितरण अर्थात डेरी उत्पादनका क्षेत्रमा आफ्नै डेरी उद्योगको स्थापना गरि अर्जुनधारा नामक दुधका विभिन्न परिकारहरु वजारमा ल्याउने गरेको छ । जसबाट सहकारीमा आवद्ध सदस्य तथा सेयर सदस्यले उत्पादन गरेको दुधले राम्रो बजार पाउने गरेको छ । पुवार्ध डेरी उद्योग झापा अर्जुनधारा नगरपालिका क्षेत्रकै पहिलो र एक मात्र डेरी उद्योगको रुपमा स्पापित उद्योग हो ।