इटहरी: पाथीभरा आमा भक्ति सेवा संस्थाले कात्तिक २४ गते देखि ३० गतेसम्म सञ्चालन गरेको श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताहबाट संकलन भएको रकमको शनिबार सार्ववनिक गरेको छ

संस्थाले पत्रकार सम्मेलन गरी महायज्ञमा ९ लाख ४१ हजार २ सय ३६ रुपैयाँ बचत रहेको जानकारी दिएको हो । बाल आश्रम निर्माण गर्ने उद्देश्यले आयोजना गरेको महायज्ञबाट संकलित रकमले निःसाहय बालवालिकाहरुको लागि आश्रय दिइने संस्थाकी सस्थापक अध्यक्ष मनिका कट्वाल दासीले बताईन । आश्रम निर्माणका लागी समाजसेवी नारायण,उर्मिला चौधरीबाट इटहरी उपमहानगरपालिका ८ गैसारमा १० धुर जग्गा उपलब्ध भएको र सोही स्थानमा बालआश्रम भवन निर्माण लागि शिलान्यास भइसकेको जानकारी दिए ।

तीन बर्षभित्रमा बाल आश्रम भवन निर्माण गरी सकिने पनि पत्रकार सम्मेलनमा पुराण समितिका अध्यक्ष दिपा राईले जानकारी दिईन् । माता मनिका कट्वाल दासीको प्रमुख संरक्षमा आश्रम सञ्चालन हुने तयारी भई रहेको पनि थप जानकारी दिईएको छ । सोही अवसरमा महायज्ञ सम्पन्न गर्न सञ्चार माध्यममार्फत महत्वपूर्ण सहयोग पु¥याएको भन्दै अग्रज पत्रकार याम प्रधान, एभिन्युज खवरका दीपक कार्की, सप्तकोशी अनलाईनका विकल रेग्मी, एरिना टिभीकी सुप्रिया राई, न्युपाटी अनलाईनकी रन्जना पौडेल र कृष्णकला राईलाई सम्मान गरिएको थियो ।

IMG_1881 copy