धरान: दोस्रो मेयर स्कुल ओलम्पिकमा वास्केटवल तर्फ शनिवार भएको खेलमा छात्र तर्फ डिपो, होलिल्याण्ड, जुनियर पायोनर, लोटस र छात्रा तर्फ पर्वत, आइडल, डिपो र कार्मेल स्कुल विजयी भएको छ ।

खेलमा डिपोका छात्र टिमले डिपिएस स्कुललाई ५३–२, होलिल्याण्डले आर्मिलाई २१–१८, जुनियर पायनोरले नवज्योतिलाई ३५–८ र लोटसले केके इन्टरनेसनललाई १६–७ अंकले पराजित गर्यो । यस्तै, छात्रातर्फ पर्वतले चिल्र्डेनलाई १०–२, डिपोले होलिल्यण्डलाई ८–६ र कार्मेलले विजयपुरलाई ४१–४ अंकले पराजित गर्यो । आइडल स्कुल भने युनाइटेड गोर्खाले वकओभर दिएपछि विजयी घोषित भयो ।
आइतबार छात्रतर्फ सुम्निमा र सुनाखरी, युएन र आइडल, होलिल्याण्ड र कार्मेल बीच हुनेछ । महिलातर्फ युरेका र नवज्योति, पदम र आइडल र पर्वत र डिपोट बीच हुने बास्केटवल खेल संयोजक विकास चाम्लिङले जानककारी दिए ।