ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “अदालतको अवज्ञा गर्दै संरचना भत्काइयो ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । उच्च अदातल जनकपुरको राजविराज इजलासले भौतिक संरचना नभत्काउन दिएको आदेशको अवज्ञा गर्दै धनगढीमाई नगरपालिकाले शनिबार एक व्यवसायीको घरगोदामको मूलगेट र पर्खाल भत्काएको छ । धनढीमाई नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको घरगोदाम, भौतिक संरचना र जग्गामा जबर्जस्ती अतिक्रमण गर्न खोजेको आरोप लगाउँदै व्यवसायी अशोककुमार अग्रवालले उच्च अदालत राजविराजमा उत्प्रेषण मिश्रित परमादेश माग गरेका थिए ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “इटहरीमा निर्माण क्षेत्रमा ५० हजार मजदुरलाई रोजगारी” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । रोजगारी नपाएर वैदेशिक रोजगारीमा जानेहरुको लर्को ठुलो छ । यता कामदार नपाएर भारतबाट कामदार मगाएर काम गर्ने आउनेहरुको जमात पनि उत्तिकै छ । इटहरी उपमहानगर क्षेत्रभित्र दैनिक कतिले काम र्गछन् । धेरैलाई थाहा नहुन सक्छ । उपमहानगर क्षेत्रभित्र दैनिक ५० हजारले रोजगारी पाउँछन् । भन्दा पत्याउन गाह्रै पर्ला तर दैनिक उपमहानगर क्षेत्रभित्र ५० हजारभन्दा बढीले रोजगारी पाईरहेको छ ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “फुटबल खेलाडीहरु फोहार सँग खेल्दै ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । इटहरीको मुख्यचौक आसपासमा शनिबार बिहान युवाहरु छरिएर फोहर संकलन गरिरहेका थिए । उनीहरु राजमार्ग आसपासमा रहेका बिजुलीको पोल, गमला, सडक किनारका बगैचा सिँगारिरहेका पनि थिए । केही सडक किनारका पर्खाल पेन्टिङ गर्दै थिए ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “विश्वशान्ति ह्वीलचियर यात्री तेज बहादुर” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
नेपाली राष्ट्रिय झण्डा सहित उनको शीरमा भादगाँउले टोपी गमक्क परेको जीउ । दुइ हात प्रष्ट देखिन्छ । झट्ट हेर्दा सवलाङ्ग झै लाग्छ । तर वास्तविकता भने त्यस्तो छैन ।उनी ह्वीलचियर विना हिडडुल गर्ने सक्दैनन् । उनको हिम्मत र जागँर भने सवलाङ्ग भन्दा कम छैन । 


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “इन्धनको छानविन गर्न अख्तियारसँग आग्रह ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । नेपाल आयाल निगम विराटनगर डिपोको इन्धन चोरी घटनामा अख्तियारको ध्यानाकर्षण हुनुपर्ने व्यवसायीहरुले नै बताएका छन् । निगम स्रोतका अनुसार भारु ८५ हजार खर्च गरेर लकिङ सिस्टम बनाइएको छ । भारतबाट इन्धन ढुवानी गर्ने ट्याङकरका चालकहरुले बाटामा इन्धन चोरी गरेर विक्री गर्ने समस्या रोक्न नसकेपछि नेपाल आयल निगमले लकिङ सिस्टम सुरु गरेको हो ।


विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “ बढी कर तिर्ने न्युटन्स सम्मानित” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
शिक्षा सेवा करतर्फ यस वर्ष उत्कृष्ट करदाताको रुपमा बिर्तामोडको न्युटन्स एजुकेसन एकाडमी सम्मानित भएको छ । मेची अञ्चलमा सञ्चालित संस्थागत निजी विद्यालयमध्ये शिक्षा सेवातर्फ बढी कर तिर्ने उत्कृष्ट करदाताको रुपमा न्युटन्स एकेडेमी पुरस्कतृ भएको विद्यालयकाको अर्डिनेटर देवेन्द्र हुमागाईंले बताए । आर्थिक वर्ष २०७०÷०७१ मा पनि न्युटन्स उत्कृष्ट करदाताको रुपमा पुरस्कतृ भएको थियो ।