लिग लिडर म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टहृयाम युनाइटेडलाई पराजित गरेको छ । शनिबार राति उसैको घरेलु मैदानमा भएको खेलमा वेष्टहृयामलाई सिटीले ४/० गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा लोरी सानेले दुई गोल गर्दा डेभिड सिल्भा र रहिम स्ट्रर्लिङले पनि गोल गर्न सफल भए । खेलको ११औं मिनेटमा सिल्भाको गोलबाट सिटीले अग्रता बनाएको थियो । स्ट्रलिङले खेलको १९औं मिनेटमा गोल गरेपछि सिटीले दोब्बर अग्रता बनाएको थियो । त्यस्तै, खेलको ३४औं मिनेटमा सानेले गोल गर्दै सिटीलाई तेब्बर अग्रता दिलाएका थिए । पहिलो हाफमै ३/० गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप १ गोल गर्न सफल भयो । सिटीको लागि खेलको अतिरिक्त समयमा सानेले गोल गर्दै ४/० गोलको प्रभावकारी जित दिलाएका थिए ।

onlinekhabar बाट साभार गरिएको