इनरुवा: सुनसरीको हरिनगर गाउँपालिका भुटाहामा रहेको सरोकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७४/०७५ मा ९ लाख ६७ हजार ९ सय १३ रुपैयाँ मुनाफा कमाएको छ । सहकारीको छैटौं वार्षिक साधारण सभामा दिइएको जानकारी अनुसार अघिल्लो आर्थिक बर्षमा भन्दा २०७४/०७५ मा कुल बचतको रकम ९ करोड ७२ लाख ४० हजार ७६ रुपैंया पुगेको छ ।

लेखा संयोजक सलामुद्दीन अन्सारीका अनुसार संस्थाले ७ करोड १० लाख ७२ हजार ९ सय ८७ रुपैंया ऋण लगानी गरेको छ । आर्थिक वर्ष २०७३/०७४ मा ७५ लाख ५५ हजार ७ सय ३४ रुपैयाँ शेयर पुँजी रहेकोमा २०७४/०७५ मा कुल शेयर पुँजी १ करोड ११ लाख २३ हजार ९ सय ५४ रुपैयाँ पुगेको संस्थाका अध्यक्ष मोजमिल हकले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अथिति एवं क्षेत्र नं ४ बाट प्रदेश सांसद हाजि ताहिर अन्सारी, बिशेष अथितिहरु हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी, उपाध्यक्ष रिमझिम भगत, सशस्त्र प्रहरी बल भुटाहाका डिएसपी निर्मल थापा, अथितिहरु इलाका प्रहरी कार्यालय हरिनगराका प्रमुख भिम बाहादुर श्रेष्ठ, सुरेश शर्मा, वकिल अन्सारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाले २ जना उत्कृष्ट विद्यार्थीलाई २ दुई हजार ५ सय नगद पुरस्कार दिएर सम्मान गरिएको उपाध्यक्ष सलामुद्दीन अन्सारीले जानकारी दिए ।