इनरुवा: जिल्ला सदरमुकाम भएपनि विकास निर्माणका दृष्टिकोणले पछि पर्दै आएको सुनसरीको इनरुवामा निर्माण भई रहेको सुविधा सम्पन्न वसपार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
नेपाल सरकारको स्मार्ट सिटी योजना अन्र्तगत निर्माण हुदै आएको इनरुवा वसको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । इनरुवा नगरपालिकाले जग्गा उपलव्ध गराउनेदेखि लिएर व्यवस्थापकीय सहयोगमा निर्माण भई रहेको बसपार्क चाडै सञ्चालनमा आउने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले वताए । उनले सवैको सहभागितामा सञ्चालनमा ल्याउने जानकारी दिए ।

संघीय सहरी विकास आयोजना कार्यान्वयन इकाई अन्र्तगत तराईका जिल्ला सदरमुकाम क्षेत्रमा विभिन्न विकास निर्माणका काम गर्ने नेपाल सरकारको नीति रहेको छ । सोही नीतिअनुसार स्मार्ट सिटी कार्यक्रमअन्र्तगत इनरुवा बसपार्कसमेत परेको छ । एक बिघा क्षेत्रफलमा कुल १० करोडको लागतमा एक टर्मिनल भवनसहित यात्रु प्रतिक्षालय, गाडी बिग्रदा बनाउने ठाउँ मेन्टेनेन्स क्षेत्र, गाडी बिगिएर गन्त्वयमा पुग्न नसक्ने अवस्थामा यात्रुहरुलाई बास बस्न मिल्ने रेष्टुरेन्ट पनि तयार हुनेछ । यस्तै, सुरक्षाका लागि सिसी टिभी क्यामरा, सोलार बत्ती जडान गरिएको वसपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको सघीय सहरी विकास अयोजना कार्यावन्यन इकाई विराटनगरका सव इञ्जिनियर राजकुमार मिश्र बताउछन ।

बसपार्क निर्माणको जिम्मा पाएको निर्माण कम्पनी कालिका कन्ट्क्सनका इञ्जिनियर प्रेम लामाले सम्झौता समय अघि नै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्न लागेको जानकारी दिए । वर्सपार्कमा पुर्व तथा पश्चिम दुवै तर्फबाट प्रवेश गर्ने तथा बाहिर निस्कने व्यवस्था सहितको एक किलो मिटर सडक समेत निर्माण कार्य सम्पन्न भई सकेको छ ।