धरान: दोस्रो मेयर कप स्कुल ओलम्पिक अन्तर्गत बास्केटवल खेलमा छात्रातर्फ पर्वत स्कुल फाइनल प्रवेश गरको छ ।

महिलातर्फको पहिलो सेमिफाइनल खेलमा पर्वतले डिपो स्कुललाई ६–४ अंकको झिनो अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यस्तै, छात्रतर्फको क्वाटरफाइनल खेलमा डिपो स्कुलले सुम्निमा स्कुललाई ३५–१२ र कार्मेल स्कुलले होलिल्याण्डलाई ४५–९ अंकको अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । छात्रतर्फकै आइडल स्कुलले कार्मेल स्कुललाई वाकओभर दिएपछि प्रविधिक टिमले कार्मेललाई विजेता घोषित गरेपछि कार्मेल स्कुलले सेमिफाइनलमा आप्mनो स्थान सुरक्षित गरेको हो । छात्रातर्फ नवज्योतिले युरेका स्कुललाई २६–४ र आइडल स्कुलले पदम स्कुललाई ४–३ अंकले पराजित गदै नवज्योति र आइडल सेमिफाइनल प्रवेश गरेको छ ।

सोमबार सेमिफाइनल खेल छात्रातर्फ नवज्योति र आइडलबीच हुनेछ । विजेताले फाइनलमा पर्वतको सामना गर्नेछ । छात्रतर्फ डिपो र जुनियर पायोनियर तथा लोटस र कार्मेल बीच हुनेछ ।
सेमीफाइनल खेल पछि सोहि दिन सेमिफाइनलमा पराजित हुने टिम विच तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुने जिल्ला बास्केटवल संघ,सुनसरी अध्यक्ष नारायण सुवेदीले जानकारी दिए । बास्केटवल खेलको फाइनल खेल मंसिर ११ गते हुनेछ ।