ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “फेरि हतियारसहित दुई पक्राउ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । भारतबाट अवैध रुपमा नेपालमा हतियार भित्रयाउने गिरोह सक्रिय हुन थालेपछि केन्द्रिय अनुसन्धान ब्यूरोको टोली पूर्वमा आएको छ । अनुसन्धान ब्युरो, १ नम्बर प्रदेश प्रहरीले विशेष टोली र प्रहरीको टोलीको केही समययता मोरङ–सुनसरीमा सयुक्त अनुसन्धान गरिरहेको छ । नेपाल पेस्तोल भित्रयाउने भन्दामा लागेको २ जनालाई अनुसन्धान ब्यूरोको टोली र मोरङ प्रहरीले विराटनगरको कोशी प्रोजेक्टबाट पक्राउ गरेको पाँच दिनपछि शनिबार विराटनगरस्थित बसपार्कबाट थप २ जनालाई पक्राउ गरेको हो ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “गाँजा र चरेससहित युवा पक्राउ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । धरान प्रहरीले १४ किलो गाँजा र २ सय ग्राम चरेस सहित दुई जना युवालाई पक्राउ गरेको छ । अर्का एक युवा फरार रहेको छन् । धनकुटा साँगुरीगढी गाँउपालिका ९ का ३३ वर्षिय विष्णु राई र उदयपुर को ताम्ले गाँउपालिका १ का १९ वर्षिय एलन राई पक्राउ परेका छन् ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “४१ वर्षपछि क्याम्पसको जग्गामा मोही हक माग्दै ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । महेन्द्र बहुमुखी क्यापसको नाममा रहेको क्यापसको शिक्षक क्वाटर भएको जग्गामा ४१ वर्ष पछि मोहियानी हक खोजिएको छ । धरान –११ पानी ट्याङ्कीमा रहेको क्याम्पस शिक्षक क्वाटर तथा छात्राबास रहेको १७ कठ्ठा १८ धुर जग्गामा मोहियानी हक खोजीएको हो ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “विराट गोल्डकपको नाफा पाँच लाख” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । गत चैतमा आयोजना गरिएको विराट गोल्डकप फुटबल प्रतियोगिताको नाफामा गएको छ । प्रतियोगिता पाँच लाख ८८ हजार ५ सय ८१ रुपैयाँ नाफा भएको हो । मोफसलमा पहिलो पटक फ्लड लाईट जडान गरेर गत चैत १७ देखि २६ गते सम्म आयोजना गरिएको दिवा तथा रात्रिकालिन प्रतियोगिताको आय व्यवविवरण आइतबार विराटनगरमा पत्रकार सम्मेलनमार्फत सार्वजानिक गरिएको हो ।

विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “आमाले छाडेपछि दाम्लोमा बालक” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
पाँचथरको मिक्लाजुङ–५ पाङ्तुवाकी शिला चेम्जोङले दोस्रो बिहे गरेपछि उनका नाबालक छोरा मित्रहाङ दाम्लोले बाँधेर राखिएका छन् । हजुरबुवा भुवनसिह सम्बाहाम्फे र हजुरआमाले पाँच वर्षीय मित्रहाङलाई दुई वर्षदेखि ओखलीमा बाँधेर राखेका हुन् । उनका बुवा बुवा आशिकराम वैदेशिक रोजगारीमा छन् । उनको दायाँ खुट्टा दाम्लोले बाँधिएको छ । उनले दाम्लो खोल्ने प्रयत्न गरिरहन्छन् । नसकेपछि उनी रुँदै चिसो भुइँमा लडिबुडी गर्छन् । बच्चाको मानसिक सन्तुलन ठिक नभएकाले बाँधेर राख्नुपरेको हजुरबुवा र हजुरआमा बताउँछन् ।