झापा: झापा जिल्लाको पुरानो तथा प्रमुख बजार अन्तर्गत अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजारमा बाटो मिचेर वनाइएका घरटहराहरु नगरपालिकाले हटाउने अभियानलाई तीब्रता दिएको छ । विर्तामोडबाट इलाम हुदै पाँचथर, ताप्लेजुङ जानका लागि छोटो रुट रहेको विर्तामोड, इलाम सडक खण्डमा पर्ने शनिश्चरे वजार क्षेत्रमा रहेका वाटोका संरचनाहरु हटाउन थालिएको हो । सडकको राइट आफ वे भित्रपर्ने टहराहरु अग्रीम सुचना जारी गरेर धमाधन हटाइएसँगै अब अर्जुनधाराको यो शनिश्चरे वजारको मुहार फेरिने अपेक्षा गरिएको छ । नगरपालिकाको निर्णयमा बजारको ब्यवस्थित पुन निर्माण गर्ने कार्यक्रम अन्तर्गत बाटोको भाग १ सय ५ फुट कायम गरी बाहिरी भागमा नाला निर्माण गरिनेछ । यस्तै, बचेको क्षेत्रलाइ आकर्षक रुप दिनका निम्ति बिभिन्न धार्मिक, ऐतिहासिक एवम पुरातात्विक महत्व झल्काउने मुर्तिहरु स्थापित गरिने हालको नगर परिषद सदस्यमा रहेर काम गरिरहनु भएका सेमन्त कुमार ढकालले जानकारी दिए । बजारको स्वरुप परिवर्तन तथा ब्यवस्थित गर्न यतिवेला नगर भित्रका समाज सेवी सेमन्त कुमार ढकाल र माधव भण्डारी रात दिन खटिएका छन ।

1 7

अर्जुनधारा नगरपालिकाको यो पुरानो शनिश्चरे वजार पहिला पहिला ठेकी वजारको रुपमा पनि चिनिने गरिन्थ्यो । यहि कुरालाई मध्यनजर गर्दै बाटोको क्षेत्र वाहिर बचेको जमिनमा ठेकीको कला झल्कने मुर्तिकला स्थापित गरिने वजारको मुहार परिवर्तनमा खटिनु भएका भण्डारीले जानकारी दिए । अर्जुनधारा जलेश्वर धामको नामबाट नामांकित अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजारको नजिकै जलेश्वर धाम पर्दछ । त्यहि कुरालाइ मध्यनजर गर्दै धार्मिक क्षेत्र झल्काउने भगवान कृष्णले रथ चलाउदै गरेको मुर्ती, २१ फुट अग्लो हनुमानको मुर्ती र गोरु सहितको गाडा स्थापित गरिने पनि समाजसेवी सेमन्त ढकालले जानकारी दिए ।

3 5