सुनसरी: वीपी मदन प्राथमिक विद्यालय, श्रीपुरजब्दीमा कार्यरत शिक्षक सुकलदेव खंगको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बिशेष अदालतमा मुद्दा दर्ता गराएको छ ।

खंगको प्रमाणपत्रबारे छानबिन गरी आवश्यक कारवाही गर्न माग गर्दै उजुरी परेपछि उनको शैक्षिक प्रमाणपत्रबारे छानबिन शुरु भएको थियो । आयोगले अनुसन्धान गर्दा खंगले बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट प्राप्त गरेको भनिएको मध्यमा तहको शैक्षिक प्रमाणपत्र नक्कली भएको फेला परेको अख्तियारका प्रवक्ता एवं सहसचिव रामेश्वर दंगालले जानकारी दिए । उनले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी निजी स्रोतको शिक्षक पदमा नियुक्ति लिएर सरकारी लाभ तथा सुविधा समेत लिएको देखिकोले भ्रष्टचार गरेको अख्तियारको दाबी छ ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० अनुसारको कसुर गरेको भन्दै ऐनको दफा १६ को उपदफा ९१० बमोजिम सजाय माग दाबी गर्दै आज बिशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियार प्रवक्ता दंगालले जानकारी दिएका छन् ।