झापा: झापाको बुद्धशान्ति गाउँपालिका ४ हात्तीसुढे भन्ने ठाउँमा सोमवार मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

दुर्घटना हुँदा घाइते भएका भद्रपुर नगरपालिका १ का ६५ बर्षीय आइन्द्र लिम्बूको उपचारको क्रममा मृत्यु भएको हो । उनी मोटरसाइकलमा पछाडि सवार थिए । मोटरसाइकल चालक झापा कचनकबल गाउँपालिका ७ का ६५ बर्षीय देवी लिम्बु पनि घाइते छन् ।

भित्री सडक खण्डमा पूर्वबाट दक्षिणतर्फ जाँदै गरेको मे ५ प ८९८४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ । आज बिहान करिब १२ बजेको समयमा दुर्घटना भएको थियो । घाइते दुवैलाई उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पठाईएको थियो । घाइते आईन्द्र लिम्बूको दिउँसो सवा २ बजे तिर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ ।